शुक्रबार, भाद्र २६ गते २०८३
images

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध

एक्सप्रेस पाना
पौष १२, २०८१ शुक्रबार
  • 247
    SHARES
  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मा आबद्ध भएको छ ।

    images

    सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । 

    उक्त सम्झौतासँगै अब एनसीएचएलका भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट बीमाको प्रिमियमलगायत विभिन्न भुक्तानीहरू गर्न सकिने भएको छ । अब प्रभु महालक्ष्मी इन्स्योरेन्सको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस ९एनपीआई०सँग जोडी विभिन्न भुक्तानी उपकरणहरू प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

    images

    यसअन्तर्गत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एनसीएचएल–आईपीएस र आरपीएस प्रणालीहरूमार्फत आफ्नो प्रिमियम भुक्तानीलगायतका विभिन्न संकलनका करोबारहरू तथा एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानीलगायतका विभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबारहरू आफ्ना तथा लाभग्राहीहरुका बैंक खातामा सोझै गर्न सक्नेछन । 

    सेवा लाइभ भएसँगै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एनपीआई प्रयोग गरी आफ्ना बीमाकर्ताहरूलाई ऋण भुक्तानी गर्न थालिसकेको छ र भविष्यमा अन्य भुक्तानीहरु पनि क्रमिक रुपमा लागू हुने योजना रहेको कम्पनीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स