आइतबार, भाद्र २८ गते २०८३
images

नेपाल,थाइल्यान्ड र नेदरल्याण्ड्स सम्मिलित महिला टी २० आई सिरिज हुने

एक्सप्रेस पाना
पौष २७, २०८१ शनिबार
  • 403
    SHARES
  • नेपाल,थाइल्यान्ड र नेदरल्याण्ड्स सम्मिलित महिला टी २० आई सिरिज हुने

    काठमाडौं । नेपालको आयोजनामा महिला टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिज हुने भएको छ । 

    images

    नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आगामी माघ १७ देखि २५ गते (जनवरी ३० देखि फेब्रुअरी ७)सम्म सञ्चालन हुने सिरिजमा नेपालसहित थाइल्यान्ड र नेदरल्याण्ड्सका महिला क्रिकेट टोलीहरूले सहभागिता जनाउनेछन्। खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ । 

    प्रतियोगिताको अन्त्यमा अंक तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन घोषित हुनेछ। 

    images

    पहिलो खेल जनवरी ३० मा नेपाल र नेदरल्याण्ड्सको बीचमा हुनेछ । त्यसैगरी थाइल्याण्डसँग ३१ जनवरीमा खेल्ने छ । फेब्रुअरी १ मा नेदरल्याण्ड्स र थाइल्याण्ड खेल्ने छन् । त्यसपछि ७ फेब्रुअरीसम्म लगातार सोही क्रमका खेलहरू हुनेछन् ।

    यो सिरिजले नेपाली महिला क्रिकेट खेलाडीलाई थप प्रेरणा र उत्साह प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्दै अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास क्यानले व्यक्त गरेको छ।

    नेपालको क्रिकेट इतिहासमा पहिलो पटक आयोजना गर्न लागिएको यो सिरिजले महिला क्रिकेटको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

     

  • सम्बन्धित विषय:

  • # त्रिकोणात्मक सिरिज