काठमाडौं । जारी आइपिएल अन्तर्गत गुजरात टाइटन्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।
शनिबारराती सम्पन्न खेलमा गुजरातले मुम्बईलाई ३६ रनले पराजित गरेको हो ।
१९७ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
मुम्बईका लागि सूर्यकुमार यादवले ४८ र तिलक बर्माले ३९ रन बनाएका थिए भने मिचेल सान्टनर र नमन धिरले १८–१८ रन बनाएका थिए । त्यस्तै गुजरातका बलर मोहमद सिराज र प्रसिध कृष्णले २–२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाउदै १९६ रन बनाएको थियो ।
गुजरातका लागि साई सुदर्शनले सर्बाधिक ६३ रन बनाएका थिए भने जोस बटलरले ३९, कप्तान शुभमन गिलले ३८ रन बनाएका थिए ।
त्यसैगरी मुम्बईका बलर हार्दिक पाण्डेयले २ विकेट लिएका थिए भने ट्रेन्ट बोल्ट, दीपक चहर, मुजिब उर रहमान र सत्यनारायण राजुले एक एक विकेट लिएका थिए ।
गुजरातको यो दोस्रो खेलमा पहिलो जित हो । गुजरात यसअघि पहिलो खेलमा पञ्जावसँग पराजित भएको थियो ।


