आइतबार, भाद्र २८ गते २०८३
images

आइपिएल:सनराइजर्स हैदरावादलाई हराउँदै मुम्बई इण्डियन्स विजयी

एक्सप्रेस पाना
बैशाख ११, २०८२ बिहीबार
  • 224
    SHARES
  • आइपिएल:सनराइजर्स हैदरावादलाई हराउँदै मुम्बई इण्डियन्स विजयी

    काठमाडौं । जारी आइपिएलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बई इण्डियन्सले सनराइजर्सलाई ७ विकेटले पराजित गरेको हो ।

    images

    सनराइजर्सले दिएको १४४ रनको लक्ष्य पछाएको मुम्बईले १५.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । मुम्बईको जितमा रोहित शर्माले सर्बाधिक ७० रन बनाएका थिए भने सूर्यकुमार यादवले अविजित ४० रन बनाएका थिए ।


    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउदै १४३ रन बनाएको थियो । सनराइजर्सका लागि हेइनरिच क्लासेनले सर्बाधिक ७१ र अभिनव मनोहरले ४३ रन बनाएका थिए ।

    images


    त्यस्तै मुम्बईका बलर ट्रेन्ट बोल्टले ४ विकेट लिएका थिए भने दिपक चहरले २ तथा जसप्रित बुमराह र हार्दिक पाण्डेयले एक एक विकेट लिएका थिए ।


    यो जितपछि मुम्बई इण्डियन्स ९ खेलमा १० अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । 
               

  • सम्बन्धित विषय:

  • # आइपिएल