सोमबार, कार्तिक १७ गते २०८३
images
images

किटमा अध्यनरत नेपाली विद्यार्थीको मृत्यु कसरी भयो छानविन होस्:सांसद पौडेल

एक्सप्रेस पाना
बैशाख २२, २०८२ सोमबार
  • 234
    SHARES
  • किटमा अध्यनरत नेपाली विद्यार्थीको मृत्यु कसरी भयो छानविन होस्:सांसद पौडेल

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले भारतको उडिसास्थित कलिंगा इन्स्चिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा  अध्यनरत नेपाली विद्यार्थी प्रिशा शाहको मृत्यु कसरी भयो यसको छानविन गर्न आवश्यक रहेको बताएका छन् । 

    images

    सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १२ सय नेपाली अध्यन रहेको उक्त विश्वविद्यालयमा यस्ता घटनाहरु संयोग मात्र हुन् की अगाडि पछाडि कुनै कारण लुकेको छ यसमा स्पष्ट खोजनीति हुनुपर्ने बताएका हुन् ।

    उनले भने, ‘पहिले प्रकृति लम्सालको दखःद निधन भयो । त्यसको पीडा र घाउ सेलाउन नपाउँदै अर्की नेपाली छात्राको मृत्युको दुखद खबरले हामी नेपालीहरु स्तब्ध भएका छौं । भारतको उडिसा स्थित कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बिए प्रथम वर्षमा अध्यनरत छात्रा प्रिसा साहको दुखद मृत्यु भएको छ । १२ सय नेपाली अध्यन रहेको उक्त विश्वविद्यालयमा यस्ता घटनाहरु संयोग मात्र हुन् की अगाडि पछाडि कुनै कारण लुकेको छ यसमा स्पष्ट खोजनीति होस् ।’

    images

  • सम्बन्धित विषय:

  • # केआईआईटी विश्वविद्यालय