काठमाडौं । चेन्नई सुपर किंग्सले कोलकोता नाइट राइडर्समाथि जित हासिल गरेको छ ।
जारी आइपिएलमा बुधबार राती सम्पन्न खेलमा चेन्नईले कोलकोतालाई २ विकेटले पराजित गरेको हो । कोलकोताले दिएको १८० रनको लक्ष्य पछाएको चेन्नईले १९.४ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
चेन्नईका लागि डेवाल्ड ब्रेभिसले सर्बाधिक ५२ रन बनाए भने शिभम दुवेले ४५ रन बनाए । त्यस्तै उर्भिल पटेलले ३१ र कप्तान महेन्द्र सिंह धोनीले अविजित १७ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ६ विकेट गुमाउदै १७९ रन बनाएको थियो । कोलकोताका लागि कप्तान आजिख्य रहानेले सर्बाधिक ४८ रन बनाए भने आन्द्रे रसेलले ३८, मनिष पाण्डेले ३६, सुनिल नारनले २६ रनको योगदान दिएका थिए । त्यस्तै चेन्नईका बलर नूर अहमदले ४ विकेट लिएका थिए ।
चेन्नईको यो तेस्रो जित हो । यो हारपछि कोलकोता प्लेअफको दौडबाट लगभग बाहिरिएको छ ।


