आइतबार, भाद्र २८ गते २०८३
images

स्थगित भएको आइपिएल जेठ ३ गतेदेखी पुनः सुचारु हुदैँ

एक्सप्रेस पाना
बैशाख ३०, २०८२ मंगलबार
  • 173
    SHARES
  • स्थगित भएको आइपिएल जेठ ३ गतेदेखी पुनः सुचारु हुदैँ

    काठमाडौं । स्थगित भएको इण्डियन प्रिमियर लिग (आइपिएल) पुनः सुचारु हुने भएको छ । 

    images

    भारत र पाकिस्तानबीच युद्धविराम भएपछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले बाँकी खेलहरू जेठ ३ गते (मे १७ )देखि बाट फेरि सुरु हुने भएको हो । फाइनल खेल जुन ३ मा खेलिनेछ ।

    १८औं सिजनका ५८ खेल खेलिएका थिए, जसमा धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीच खेलिएको खेल पनि समावेश थियो । खेल बीचैमा रोकियो र त्यसैले खेल अनिर्णीत रह्यो । तर, अब बीसीसीआईले यो खेल फेरि आयोजना गर्ने निर्णय गरेको छ। दुवै टोली मे २४ मा जयपुरमा भिड्नेछन् ।

    images

    प्लेअफका खेलहरू मे २९ बाट सुरु हुनेछन्। पहिलो छनोट खेल मे २९ मा हुनेछ । एलिमिनेटर मे ३० मा खेलाइनेछ । दोस्रो छनोट खेल जुन १ मा खेलाइनेछ भने फाइनल खेल जुन ३ मा हुनेछ । यी चार खेलको स्थान पछि घोषणा गरिनेछ ।

  • सम्बन्धित विषय:

  • # आइपिएल