आइतबार, भाद्र २८ गते २०८३
images

जारी आइपिएलमा गुजरातलाई पराजित गर्दै लखनउ विजयी

एक्सप्रेस पाना
जेठ ९, २०८२ शुक्रबार
  • 200
    SHARES
  • जारी आइपिएलमा गुजरातलाई पराजित गर्दै लखनउ विजयी

    काठमाडौं । जारी आइपिएलमा लखनउ सुपर जाइन्टले गुजरात टाइटन्सलाई पराजित गरेको छ ।

    images

    गएराती सम्पन्न खेलमा लखनउले शिर्ष स्थानमा रहेको गुजरातलाई ३३ रनले पराजित गरेको हो ।

    लखनउले दिएको २३६ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ९ विकेट गुमाउदै २०२ रन बनाएको थियो । गुजरातका लागि शाहरुख खानले सर्बाधिक ५७ रन बान्ये भने शेरफान रुदरफोर्डले ३८, कप्तान शुभमन गिलले ३५ बनाएका थिए ।

    images

    यस अघि पहिला ब्याटिंग गरेको लखनउले मिचेल मार्शको ११७ रनको शतकीय पारी र निकोलस पुरणको ५६ रनको पारीको सहयोगले २० ओभरमा २ विकेट गुमाउदै २३५ रन बनाएको थियो ।

    प्लेअफको दौडबाट बाहिरिएको लखनउको यो जितपछि १३ खेलमा १२ अंक भएको छ र छैटौं स्थानमा रहेको छ ।

    त्यस्तै हारका बाबजुत गुजरात १३ खेलमा १८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # आइपिएल