मंगलबार, श्रावण १२ गते २०८३
images
images

‘भ्वाइस किड्स’ का नयाँ कोचको रुपमा सत्यराज र खेम सेञ्चुरी प्रवेश

एक्सप्रेस पाना
जेठ ११, २०८२ आइतबार
  • 213
    SHARES
  • ‘भ्वाइस किड्स’ का नयाँ कोचको रुपमा सत्यराज र खेम सेञ्चुरी प्रवेश

    काठमाडौं । बालबालिकाहरुको गायनमा आधारित रियालिटी शो ‘भ्वाइस किड्स’ का नयाँ कोचको रुपमा लोकप्रिय संगीतकर्मी सत्यराज आचार्य प्रवेश गरेका छन् ।

    images

    चौथो सीजनको भ्वाइस किड्सको कोचको रुपमा सत्यराज आचार्य चयन भएको कुरा अधिकांका लागि सरप्राइजसमेत भएको छ । 

    भ्वाइस किड्स सीजन ३ मा सिजनमा प्रमोद खरेल, छेवाङ लामा, मेलिना राई तथा मिलन नेवार कोचका रूपमा रहेकोमा अहिले प्रमोद र छेवाङको ठाउँमा सत्यराज आचार्य र खेम सेञ्चुरी नयाँ कोचका रूपमा भित्रिएका हुन् । मेलिना र मिलनले भने चौथो सीजनमा पनि कोचका रूपमा निरन्तरता पाएका छन् ।

    images


    भ्वाइस किड्समा ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले भाग लिँदैछन् । डिजिटल अडिसनबाट एक सय जना छनोट हुने र त्यसबाट पनि ८४ जना छनोट हुने जनाइएको छ । त्यस्तै एक जना कोचको समुहमा १२ जना प्रतियोगि हुनेछन् ।

  • सम्बन्धित विषय:

  • # भ्वाइस किड्स