शुक्रबार, भाद्र २६ गते २०८३
images

ब्रिटिस अभिनेता जेम्स बोन्डको सम्पत्ति सन्तानले नपाउने

एक्सप्रेस पाना
कार्तिक १, २०७८ सोमबार
  • 511
    SHARES
  • ब्रिटिस अभिनेता जेम्स बोन्डको सम्पत्ति सन्तानले नपाउने

    कात्तिक १ काठमाडौं । जेस्म बोन्डको उपनाम पाएका ब्रिटिस अभिनेता ड्यानियल क्रेगले आफ्नो सम्पत्तिको विषयमा गरेको घोषणाले सबैको ध्यान तानेको छ । जेम्स बोन्ड फिल्मको पछिल्लो पाँच श्रृखंलामा शीर्ष भूमिकामा देखिएका उनले मरोणोप्रान्त आफ्नो सम्पत्ति सन्तानलाई नदिइ दान गर्ने घोषणा गरेका छन् ।

    images

    उनले आफ्नो मृत्युपछि उक्त सम्पत्ति सामाजिक कार्यमा प्रयोग होस् भन्ने हेतुले दान गर्ने घोषणा गरेका छन् । ‘म आगामी पुस्तालाई सम्पत्ति छोड्न चाहन्न ।

    मलाई लाग्छ उतराधिकारीलाई छाड्नु दुखद् कुरा हो’, उनले एक अन्तर्वार्तामा भनेका छन् । ५३ वर्षीय अभिनेताको पहिलो पत्नी फियोना लउडनबाट एक २९ वर्षिय छोरी छिन् भने दोस्रो पत्नी तथा अभिनेत्री रेचल वाइजबाट पनि एक छोरी गरी दुई सन्तान छन् । क्रेगसँग कुल १४५ मिलियन अमेरिकी डलर बराबरको सम्पत्ति रहेको बताइएको छ । 

    images