आइतबार, भाद्र २८ गते २०८३
images

आइपिएल:लखनउलाई पराजित गर्दै रोयल च्यालेन्जर्स दोस्रो स्थानमा

एक्सप्रेस पाना
जेठ १४, २०८२ बुधबार
  • 234
    SHARES
  • आइपिएल:लखनउलाई पराजित गर्दै रोयल च्यालेन्जर्स दोस्रो स्थानमा

    काठमाडौं । जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले लखनउ सुपर जाइन्टलाई पराजित गर्दै दोस्रो स्थानमा रहदै प्लेअफ खेल्ने भएको छ । 

    images

    गएराती सम्पन्न खेलमा बैंगलुरुले लखनउलाई ६ विकेटले पराजित गरेको हो । लखनउले दिएको २२८ रनको लक्ष्य पछाएको बैंगलुरुले १८.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    बैंगलुरुको जितमा जितेश शर्माले ३३ बलमा अविजित ८५ रनको शानदार पारी खेलेका थिए । त्यस्तै विराट कोहलीले ५४, मयंक अग्रवालले ४१ र फिल साल्टले ३० रन बनाएका थिए ।

    images


    यसअघि पहिला ब्याटिंग गर्दै लखनउले २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनाएको थियो । लखनउका लागि ऋषव पन्तले ११८ रनको शतकीय पारी खेलेका थिए भने मिचेल मार्शले ६७ रन बनाएका थिए ।

  • सम्बन्धित विषय:

  • # आइपिएल