आइतबार, भाद्र २८ गते २०८३
images

पञ्जाव किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स आइपिएलको फाइनलमा

एक्सप्रेस पाना
जेठ १६, २०८२ शुक्रबार
  • 219
    SHARES
  • पञ्जाव किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स आइपिएलको फाइनलमा

    काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलुरु जारी आइपिएलको फाइनलमा पुगेको छ ।

    images

    विहिबार राति सम्पन्न पहिलो क्वालिफायरमा पञ्जाव किंग्सलाई ८ विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स फाइनलमा पुगेको हो ।

    पञ्जावले दिएको १०२ रनको लक्ष्य पछाएको रोयल च्यालेन्जर्सले १० ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

    images

    रोयल च्यालेन्जर्सका लागि फिल साल्टले सर्बाधिक अविजित ५६ रन बनाए भने मयंक अग्रवालले १९, कप्तान रजत पाटीदारले अविजित १५ र विराट कोहलीले १२ रन बनाए ।


    यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरु चौथो पटक आइपिएलको फाइनलमा पुगेको छ । 


    त्यस्तै यस खेलमा हार बेहोरेको पञ्जावले भने अब दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । दोस्रो क्वालिफायरमा पञ्जावले इलिमिनेटरमा गुजरात टाइटन्स र मुम्बई इण्डियन्सबीचको विजेतासँग खेल्ने छ ।

  • सम्बन्धित विषय:

  • # आइपिएल