आइतबार, भाद्र २८ गते २०८३
images

गुजरातलाई पराजित गर्दै मुम्बई आइपिएलको दोस्रो क्वालिफायरमा

एक्सप्रेस पाना
जेठ १७, २०८२ शनिबार
  • 206
    SHARES
  • गुजरातलाई पराजित गर्दै मुम्बई आइपिएलको दोस्रो क्वालिफायरमा

    काठमाडौँ । मुम्बई इण्डियन्स आइपिएलको दोस्रो क्वालिफायरमा पुगेको छ ।

    images

    गएराती सम्पन्न इलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई २० रनले पराजित गर्दै मुम्बई आइपिएल को दोस्रो क्वालिफायरमा पुगेको हो ।
    मुम्बईले दिएको २२९ रनको लक्ष्य पछाएको गुजरातल २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाएको थियो ।  गुजरातका लागि साइ सुदर्शनले सर्बाधिक ८० रन बनाए भने वाशिंटन सुन्दरले ४८ रन बनाएका थिए ।

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउदै २२८ रन बनाएको थियो । मुम्बईका लागि रोहित शर्माले सर्बाधिक ८१ रन बनाए भने जोनी बैरस्ट्रोवले ४७, सुर्यकुमार यादवले ३३ रन बनाएका थिए ।

    images

    यो जितपछि मुम्बई इण्डियन्स आइपिएलको दोस्रो क्वालिफायरमा पुगेको छ । अब दोस्रो क्वालिफायरमा मुम्बईले पञ्जाव किंग्सको सामना गर्ने छ । यो खेल आइतबार हुने छ ।


    त्यस्तै हारसँगै गुजरात टाइटन्सको यस सिजनको आइपिएल यात्रा समाप्त भएको छ ।

  • सम्बन्धित विषय:

  • # आइपिएल