आइतबार, भाद्र २८ गते २०८३
images

मुम्बईलाई हराउँदै पञ्जाव आइपिएलको फाइनलमा

एक्सप्रेस पाना
जेठ १९, २०८२ सोमबार
  • 189
    SHARES
  • मुम्बईलाई हराउँदै पञ्जाव आइपिएलको फाइनलमा

    काठमाडौं । पञ्जाव किंग्स आइपिएलको फाइनलमा पुगेको छ ।

    images

    गएराती सम्पन्न दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्सलाई ५ विकेटले पराजित गर्दै पञ्जाव फाइनलमा पुगेको हो ।

    मुम्बईले दिएको २०४ रनको लक्ष्य पछाएको पञ्जावले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पञ्जावको जितमा कप्तान श्रेयस अय्यरले अविजित ८७ रन बनाएका थिए भने नेहाल बढेराले ४८, जोश इंगलिसले ३८ र प्रियांश आर्याले २० रन बनाएका थिए ।

    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै २०३ रन बनाएको थियो । मुम्बईका लागि तिलक बर्मा र सूर्यकुमार यादवले ४४(४४ रन बनाएका थिए भने जोनी बैरस्टोवले ३८ र नमन धिरले ३७ रन बनाएका थिए ।

    योसँगै पञ्जाव किंग आफ्नो आइपिएल इतिहासमा दोस्रो पटक फाइनलमा पुगेको छ । यसअघि २०१४ मा उपविजेता बनेको पञ्जाव त्यसपछि नै यसपटक प्लेअफ हुदै फाइनलमा पुगेको छ ।

    अब मंगलबार हुने फाइनलमा पञ्जाव किंग्सले रोयल च्यालेन्जर्स बैंगलुरुको सामना गर्ने छ ।

  • सम्बन्धित विषय:

  • # आइपिएल