सोमबार, कार्तिक १७ गते २०८३
images
images

टेक्सासको विनाशकारी बाढी:८२ को मृत्यु, ४१ जना अझै बेपत्ता

एक्सप्रेस पाना
आषाढ २३, २०८२ सोमबार
  • 246
    SHARES
  • टेक्सासको विनाशकारी बाढी:८२ को मृत्यु, ४१ जना अझै बेपत्ता

    काठमाडौं । अमेरिकाको टेक्सास हिल कन्ट्रीमा आएको विनाशकारी बाढीले कम्तीमा ८२ जनाको ज्यान गएको छ। 

    images

    अधिकारीहरूका अनुसार ८२ जनाको ज्यान गएको छ भने ४१ जना अझै बेपत्ता छन्। 

    टेक्सासको विनाशकारी बाढीले विभिन्न काउन्टीहरूमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। केर काउन्टीमा सबैभन्दा बढी ६८ जनाको मृत्यु भएको छ। ट्राभिस काउन्टीमा ६ जना, बर्नेट काउन्टीमा ३ जना, केन्डल काउन्टीमा २ जना, विलियमसन काउन्टीमा २ जना र टम ग्रीन काउन्टीमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ।

    images

    स्थानीय समयानुसार शुक्रबार बिहान ग्वाडालुप नदीमा बाढी आएको थियो। केर काउन्टीको क्याम्प मिस्टिक, बालबालिकाको ग्रीष्मकालीन शिविरबाट करिब एक दर्जन व्यक्ति अझै बेपत्ता रहेको अधिकारीहरूले जानकारी दिएका छन्। मृतकमा ४० वयस्क र २८ बालबालिका छन्।  

    १६० भन्दा बढीको हवाई उद्धार गरिएको छ। आठ सय ५० जना घाइते नभएका र ८ जना घाइतेलाई उद्धार गरिएको छ। 

  • सम्बन्धित विषय:

  • # टेक्सासको विनाशकारी बाढी