सोमबार, कार्तिक १७ गते २०८३
images
images

भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु

एक्सप्रेस पाना
श्रावण ४, २०८२ आइतबार
  • 236
    SHARES
  • भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु

    काठमाडौं । भियतनाममा पर्यटक चढेको डुङ्गा पल्टिदा कम्तीमा ३४ जनाको ज्यान गएको छ। 

    images

    भियतनामको उत्तरमा रहेको हाल लङ खाडीमा खराब मौसमका कारण सो दुर्घटना भएको हो। 

    पानीबाट ११ जनालाई जीवित उद्धार गरिएको छ। आँधी बेरी आएपछि ओन्डर सिज नामको सो डुङ्गा पल्टिएको थियो। डुङ्गामा ५३ जना यात्रा गरिरहेका थिए। धेरै जसो राजधानी हनोइबाट घुम्न गएका थिए। उद्धारकर्ता अहिले पनि उद्धार कार्यमा संलग्न छन्।

    images

    एक १० वर्षीय बालकको पनि उद्धार भएको छ। ठुलो स्वरले कराएपछि उद्धार गरिएको उनले बताएका छन्। त्यहाँ निकालिएको शव मध्य कम्तीमा ८ जना बालक रहेको जनाइएको छ।