शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

वीरगन्ज कारागारमा कैदी भाग्ने प्रयास, स्थिति नियन्त्रणमा

एक्सप्रेस पाना
भाद्र २५, २०८२ बुधबार
  • 276
    SHARES
  • वीरगन्ज कारागारमा कैदी भाग्ने प्रयास, स्थिति नियन्त्रणमा

    काठमाडौं । पर्साको वीरगन्ज कारागारमा मंगलबार रातिदेखि कैदीहरूले सामूहिक रूपमा भाग्ने प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको छ ।

    images

    कैदीहरूले कारागारभित्र रहेका विभिन्न जिन्सी सामान जलाउँदै दक्षिण भागको पर्खालमा प्वाँल पारेर भाग्ने प्रयत्न गरेका थिए । सुरक्षाकर्मीहरूले अवस्था नियन्त्रण लिन सयौँ राउन्ड हवाई फायर र अश्रुग्याँस प्रहार गर्नु परेको प्रहरीले जनाएको छ ।

    अवस्था तनावग्रस्त भएपछि नेपाली सेनासहित तीनै तहका सुरक्षा निकाय परिचालन गरिएको थियो ।

    images

    झडपका क्रममा चारजना कैदी गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको छ तर उनीहरूको परिचय सार्वजनिक गरिएको छैन । 

    हाल वीरगन्ज कारागार नेपाली सेनासहितको सुरक्षा घेरामा रहेको र स्थिति पूर्ण नियन्त्रणमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # वीरगन्ज कारागार