शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

एनपीएलमा आज सुदूरपश्चिम–कर्णाली र चितवन–पोखराबीच प्रतिस्पर्धा

एक्सप्रेस पाना
कार्तिक २१, २०८३ शुक्रबार
  • 61
    SHARES
  • एनपीएलमा आज सुदूरपश्चिम–कर्णाली र चितवन–पोखराबीच प्रतिस्पर्धा

    काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई हुँदैछन् ।

    images

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स तथा साँझ ५ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

    चार खेल खेलेको सुदूरपश्चिमले दुई जित र दुई हारसहित चार अंक जोडेको छ । प्लेअफको सम्भावना बलियो बनाउन सुदूरपश्चिमलाई आजको खेल जित्नुपर्ने दबाब छ । यता तीन खेल खेलेको कर्णालीले एक जित र दुई हार बेहोरेको छ । चौथो खेलमा जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्य कर्णालीको हुनेछ ।

    images

    तीन खेल खेलेको चितवनले एक जित, एक हार र एक खेलमा अंक बाँड्दै तीन अंक जोडेको छ । आजको जितले चितवनलाई अंक तालिकामा माथि उक्लने अवसर दिनेछ ।

    अर्कोतर्फ पोखरा भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । यसअघिका खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेको पोखरा आज चितवनलाई पराजित गर्दै जितको खाता खोल्नेछ ।

  • सम्बन्धित विषय:

  • # एनपीएल