काठमाडौं । करिब ६० घण्टापछी मुग्लिन नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।
करिब ६० घण्टाको लगातार प्रयास पश्चात मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकैको करिब ७०मि माथिबाट झरेको पहिरो हटाई सडक सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको हो ।
विहिबार साँझदेखियो फ्लड लाइट जडान गरेर रातिसम्म पहिरो पन्छाउने काम भएको थियो । दशैको मुखमा सडकअवरुद्ध हुदाँ दर्जनौ यात्रु अलपत्र परेका थिए ।
.jpg)


