शनिबार, कार्तिक २२ गते २०८३
images
images

नेपालले आज वेस्ट इन्डिजसँगको दोस्रो खेल खेल्दै

एक्सप्रेस पाना
आश्विन १३, २०८२ सोमबार
  • 339
    SHARES
  • नेपालले आज वेस्ट इन्डिजसँगको दोस्रो खेल खेल्दै

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज विश्व विजेता वेस्ट इन्डिजसँग दोस्रो खेल खेल्दैछ । 

    images

    नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुने यो भिडन्त यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा हुनेछ ।

    टी–२० सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकालेको नेपाल आज उत्साहका साथ मैदानमा हुनेछ ।
    नेपाल र वेस्ट इन्डिजविरुद्धको सिरिजको फाइनल खेल मंगलबार हुँदैछ ।

    images

    वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली खेलाडी रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम छन् ।