शनिबार, कार्तिक २२ गते २०८३
images
images

एनपीएलमा आज लुम्बिनी लायन्स र काठमाडौं गोर्खाज भिड्दै

एक्सप्रेस पाना
कार्तिक २२, २०८३ शनिबार
  • 63
    SHARES
  • एनपीएलमा आज लुम्बिनी लायन्स र काठमाडौं गोर्खाज भिड्दै

    काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एकमात्र खेल हुनेछ ।

    images

     कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजेपछि हुने खेलमा साबिक विजेता लुम्बिनी लायन्स र काठमाडौं गोर्खाज भिड्नेछन् ।

    लुम्बिनी रोहित पौडेल र काठमाडौं करण केसीको नेतृत्वमा मैदान उत्रनेछ।

    images

    चार खेलबाट ७ अंक जोडेर शिर्षस्थानमा रहेको लुम्बिनी आजको खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ। काठमाडौं भने ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ। काठमाडौं पनि आजको खेल जितेर दोस्रो स्थानमा पुग्ने लक्ष्यमा हुनेछ ।

    प्रतियोगितामा आठ टोली सहभागी छन्।

  • सम्बन्धित विषय:

  • # लुम्बिनी लायन्स
  • # काठमाडौं गोर्खाज