मंगलबार, श्रावण १२ गते २०८३
images
images

रेडमी नोट १४ स्मार्ट फोनमा छुट अफर

एक्सप्रेस पाना
आश्विन २४, २०८२ शुक्रबार
  • 282
    SHARES
  • रेडमी नोट १४ स्मार्ट फोनमा छुट अफर

    काठमाडौं । शाओमी नेपालले ‘शाओमी महा फेस्टिवल’ उत्सवको अवसरमा रेड्मी नोट १४ सिरिजको मूल्यमा छूटको घोषणा गरेको छ । 

    images

    शाओमी नेपालका प्रबन्ध निर्देशक मनु मनस्वीले रेड्मी नोट १४ सिरिजमा छुट घोषणा गरिएको जानकारी दिएका हुन् । उनका अनुसार नेपाली ग्राहकको मनमा सधैं विशेष स्थान बनाएको रेडमीको यो छूटले सबैलाई सहज मूल्यमा अत्याधुनिक प्रविधिको अनुभव दिलाउनेछ । 

    "हामीले हाम्रा ग्राहकका लागि रेड्मी नोट १४ सिरिजलाई थप सुलभ बनाउने लक्ष्य पनि राखेका छौं, जसले गर्दा हाम्रा ग्राहकलाई अझै सरल मूल्यमा फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको अनुभव लिन सक्षम बनाउनेछ," उनले भने ।

    images

    रेड्मी नोट १४ सिरिजको विभिन्न क्षमताका फोनको नयाँ मूल्यअनुसार २३ हजार ९९९ देखि ३४ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # रेडमी नोट १४