शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

बिपिनसहित चारजनाको शव पहिचान, बिपिनको हत्या युद्धको पहिलो केही महिनामै भएको अनुमान

एक्सप्रेस पाना
आश्विन २८, २०८२ मंगलबार
  • 285
    SHARES
  • बिपिनसहित चारजनाको शव पहिचान, बिपिनको हत्या युद्धको पहिलो केही महिनामै भएको अनुमान

    काठमाडौं । इजरायली सुरक्षा बल (आइडीएफ)ले हमासले फिर्ता पठाएका चार जनाको शव पहिचान गरेको छ । 

    images

    तीमध्ये दुई जना गाई इलोज र बिपिन जोशीको नाम बाहिर आएको छ भने बाँकी दुई जनाको नाम परिवारको अनुरोधमा हाललाई गोप्य राखिएको छ ।

    आइडीएफका अनुसार बिपिन जोशीको हत्या युद्धको पहिलो केही महिनामै भएको अनुमान गरिएको छ । गाई इलोज भने अपहरणको समयमा घाइते भएका थिए र पर्याप्त उपचार नपाएकै कारण कैदमा मृत्यु भएको अनुमान रहेको छ ।

    images

    विपिनलाई २३ वर्षको उमेरमा किब्बुत्ज अलुमिमको आश्रयस्थलबाट हमासले अपहरण गरेको आइडीएफले जनाएको छ । राष्ट्रिय फरेन्सिक मेडिसिन केन्द्रले मृत्युको परिस्थितिको जाँच पूरा गरेपछि अन्तिम निष्कर्ष निकाल्नेछ । 

  • सम्बन्धित विषय:

  • # बिपिन जोशी