शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

एक्सप्रेस पाना
कार्तिक १७, २०८२ सोमबार
  • 277
    SHARES
  • ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा –८ जयवागेश्वरीस्थित गायत्री मार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना गरिएको छ । 

    images

    काठमाडौं महानगरपालिकाका सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा नं ८ का वडाअध्यक्ष आशामान सङ्गत, महानगरपालिकाका नगरउपप्रमुख सुनिता डङ्गोल, पशुपति क्षेत्र विकास कोषका निमित्त कार्यकारी निर्देशक सुवासचन्द्र जोशी, वडासदस्यहरू सरस्वती राज भण्डारी, शेखर देउला, राजलक्ष्मी भण्डारी, सलोनी ओडारी लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरूको सहभागीतामा मूर्ति पुनः स्थापना गरिएको हो । 

    छैटौँ शताब्दीमा बनेको ऐतिहासिक ब्रह्मा मन्दिरको मूर्ति विगत ४० वर्षदेखि प्रहरी वृत्त गौशालामा राखिँदै आएकामा आजदेखि ब्रह्मा मन्दिरमा पुनःस्थापना गरिएको हो । मुर्तिलाइ बग्गीमा राखेर बाजागाजा सहित मन्दिरमा प्रवेश गराइएको थियो । 

    images

    उक्त मन्दिरको समुद्घाटन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आगामी कात्तिक २१ गते गर्ने तयारी गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # ब्रह्मा मन्दिर