शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

राष्ट्रहित सर्वोपरि कन्क्लेभमा‘जेनजी विद्रोहको जरो’ विषयमा छलफल:नेपोबेबी ट्रेण्डदेखि सडक आन्दोलनसम्म

एक्सप्रेस पाना
कार्तिक १९, २०८२ बुधबार
  • 212
    SHARES
  • राष्ट्रहित सर्वोपरि कन्क्लेभमा‘जेनजी विद्रोहको जरो’ विषयमा छलफल:नेपोबेबी ट्रेण्डदेखि सडक आन्दोलनसम्म

    काठमाडौं । राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘जेनजी विद्रोहको जरो’ शीर्षकमा आयोजित प्यानल छलफलमा युवा पुस्ताका प्रतिनिधिहरूले आफ्नो आन्दोलनका कारण र उद्देश्यबारे धारणा सार्वजनिक गरेका छन् ।

    images

    कार्यक्रममा बोल्दै जेनजी प्रतिनिधि रक्षा बमले ‘नेपोबेबी’ (नेताका सन्तानको विशेषाधिकार) ट्रेण्डबाट युवाहरूमा असमानताको अनुभूति तीव्र भएको बताइन् ।

    उनले भनिन्, ‘हाम्रो पुस्ताले महसुस ग¥यो—हाम्रो करको पैसा कहाँ गइरहेको छ ? ठूला नेताका सन्तानहरू विलासी जीवन बिताउँछन् । तर आम नागरिकका छोराछोरीहरू संघर्षमा छन् । यही असमानताविरुद्ध हामीले आवाज उठाएका हौं ।’
    बमका अनुसार सोसल मिडियामार्फत प्रश्न सोध्दा सरकारको प्रतिक्रियाले आन्दोलनलाई अझ बलियो बनाएको बताइन् । 

    images

    उनले भनिन्, ‘सरकारले सोसल मिडिया बन्द ग¥यो, त्यसपछि हामी टिकटक र डिस्कोर्डमार्फत जोडियौं । हाम्रो मुख्य माग भ्रष्टाचार न्यूनीकरण र सामाजिक सञ्जाल पुनः खोल्नुपर्ने थियो ।’ उनले थपिन्,‘संसद् सबैको पहुँचमा छैन, त्यसैले सडक नै हाम्रो ठाउँ हो । हामी प्रश्न सोध्न गएका थियौं, तर राज्यको दमनले हामीलाई विद्रोही बनायो ।’

    त्यसैगरी अर्का जेनजी प्रतिनिधि शिव यादवले पनि आफ्नो धारणा राख्दै भने,‘जेनजी आन्दोलनको उद्देश्य कुनै पनि हिसाबले तोडफोड गर्ने थिएन । हाम्रो आन्दोलनले अशान्ति फैलाउने, राज्यको सम्पत्तिमा क्षति पु¥याउने वा प्रहरीसँग झडप गर्ने मनसाय कहिल्यै राखेको थिएन ।’

    प्यानल छलफलमा सहभागी वक्ताहरूले जेनजी पुस्ताको असन्तुष्टि, राज्यप्रति प्रश्न उठाउने संस्कार र सामाजिक न्यायका विषयमा छलफल गरेको थयो ।

  • सम्बन्धित विषय:

  • # नेपोबेबी ट्रेण्ड
  • # राष्ट्रहित सर्वोपरि कन्क्लेभ