शुक्रबार, भाद्र २६ गते २०८३
images

अक्षय कुमारकाे 'ओ माई गड २' छायांकनमा

एक्सप्रेस पाना
कार्तिक ७, २०७८ आइतबार
  • 567
    SHARES
  • अक्षय कुमारकाे 'ओ माई गड २' छायांकनमा

    कात्तिक ७ काठमाडौं । बलिउडमा रुचाइएको फिल्ममध्येको एक हो ‘ओ माई गड’ । फिल्ममा परेश रावल, अक्षय कुमार, मिथुन चक्रवतीलगायतको अभिनय थियो ।

    images

    फिल्मले उठाएको विषयलाई दर्शकले रुचाए । कसरी धर्मका नाममा पछिल्लो समय केहीले आफ्नो व्यापार फस्टाएका छन् भन्ने यसमा देखाइएको थियो । यही कारण थियो फिल्मले चर्चा पाउनुमा । कन्सेप्ट पनि केही नयाँ थियो ।

    यो फिल्मको सफलताले पनि यसको नयाँ सिरिज दर्शकको पर्खाइमा थियाे। सन् २०१२ मा प्रदर्शन भएको फिल्मको सिक्वेल छायांकनमा गएको छ । यसलाई दर्शकले १० वर्षपछि सन् २०२२ मा हेर्न पाउनेछन् । फिल्मको छायांकन प्रारम्भ भएको जानकारी अक्षय कुमार स्वयंले सामाजिक सञ्जालमार्फत दिएका छन् । 'फिल्मका लागि तपाईको शुभकामनासँगै आशीर्वादको खाँचो छ,' अक्षय लेख्छन्, 'हामीले इमान्दारितापूर्वक महत्वपूर्ण सामाजिक इस्यु देखाउने कोसिस गर्दै छौँ ।' अमित रायको निर्देशनमा तयार हुने फिल्ममा पंकज त्रिपाठी, यामी गौतमलगायतका कलाकारहरूको अभिनय रहेको छ । 

    images

    पहिलो भागमा धर्मका नाममा भइरहेका व्यापारलाई दर्साएको फिल्मले यसपटक सामाजिक मुद्दालाई उठान गर्ने भएका छन् । फिल्मको विषयमा एक प्रतिक्रिया दिँदै अक्षयले फिल्मले समाजकै एक मुद्दालाई चित्रण गर्ने बताएका छन् । 'हामीले पहिलो भागझैँ यसपटक पनि सशक्त मुद्दालाई दर्शकसमक्ष ल्याउदैछौँ' एक भारतीय पत्रिकाको अन्तर्वार्तामा उनले भनेका छन्, 'हाम्रा लागि विश्वास कारक हो भने अन्धविश्वास हानीकारक, यसलाई फिल्मले केही हदसम्म प्रस्ट्याउने छ ।'