शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

प्रहरी वृत गौशलाको नवनिर्मित भवनको उद्घाटन

एक्सप्रेस पाना
मंसिर १०, २०८२ बुधबार
  • 177
    SHARES
  • प्रहरी वृत गौशलाको नवनिर्मित भवनको उद्घाटन

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले प्रहरी वृत गौशलाको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । प्रहरी वृत गौशालाको हाताभित्र पुर्ननिर्मीत संरचनाहरुको बुधबार बिहान उद्घाटन गरिएको हो ।

    images

    उद्घाटन कार्यक्रममा थापाले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न व्यक्तिहरूलाई प्रशंसापत्र तथा कदरपत्र समेत प्रदान गरेका हुन् । नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै उनले जेनजी आन्दोलनपछि जलेर नष्ट भएका प्रहरी वृतहरुको पुर्नसंरचना निर्मांणमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिए । 

    उनले भने, ‘भदौ २४ गते सार्वजानिक संरचना तोडफोड, आगजनी हामीले कल्पना पनि नगरेको दिन हो । त्यसरी सम्पूर्ण सार्वजानिक सम्पति जलेर नष्ट भएको अवस्थामा यहाँहरु जस्तो व्यक्तिहरु आएर प्रहरीलाई फेरी जिम्मेवारीमा फर्काउन साथ, सहयोग र हौसला दिनुभयो त्यसैको उपज हो आजको दिन भन्ने मलाई लाग्दछ ।’

    images

    उनले मुलुकमा सुशासन र भष्ट्रचाररहित राज्य संरचना, निष्पक्ष पारदर्शी सेवाको अपेक्षा सहित युवाहरुले आन्दोलन गरेको भन्दै त्यस कठिन समयमा मानवताको पहिचान भएको बताए । 

    ‘वास्तवमा मानिसको पहिचान कठिन समयमा हुने रहेछ र मानवताको पहिचान पनि कठिन समयमा हुने रहेछ । हामीले देख्यौ, भोग्यौ भदौ २३ गतेको आन्दोलनको हामी सबैलाई ज्ञात छ । मुलुकमा सुशासन र भष्ट्रचाररहित राज्य संरचना, निष्पक्ष पारदर्शी सेवाको अपेक्षा सहित युवाहरुले आन्दोलन गरेका थिए,’ उनले भने ।

    उनले जिल्ला प्रहरी परिसर मातहत रहेको १२९ वटा भवनमा आगजनी र तोडफोड भएकोमा गौशला वृत, बालाजु, जनसेवा, बानेश्वरलगायत धेरै कार्यालयहरु स्वस्फुर्तरुपमा सुचारु गरिएको पनि जानकारी दिए ।   

  • सम्बन्धित विषय:

  • # प्रहरी वृत गौशला