शुक्रबार, भाद्र २६ गते २०८३
images

टिक्मो मार्फत आइएमई गर्दा उपहार जित्ने मौका

एक्सप्रेस पाना
पौष २९, २०८२ मंगलबार
  • 90
    SHARES
  • टिक्मो मार्फत आइएमई गर्दा उपहार जित्ने मौका

    काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले टिक्मो मार्फत आइएमई गरौ, उपहार जितौं  योजना  सार्वजनिक गरेको छ । 

    images

    यहि पौष २१ देखि चैत्र १७ सम्म सन्चालनमा रहने यो अभियान अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरुले टिक्मो (Tiqmo) एप प्रयोग गरेर आइएमई मार्फत पैसा पठाउँदा विभिन्न उपहारहरु जित्ने अवसर रहेको छ । 

    टिक्मो एप मार्फत साउदी अरवबाट आइएमई गरि नेपाल पैसा पठाउँदा मेगा पुरष्कार अन्तर्गत एकजना भाग्यशाली विजेताले BYD Atto 1 EV कार प्राप्त गर्न सक्नेछन् भने मासिक  दुईजना भाग्यशाली विजेताले Yadea Owin EV स्कुटर जित्न सक्नेछन् साथै  साप्ताहिक विजेता अन्तर्गत १२ भाग्यशाली विजेतालेiPhone 17 जित्न सक्नेछन् । Tiqmo को यो उत्सवमा सामेल भएर कुल १५ जना भाग्यशाली ब्यक्ति लावान्भित हुनेछन् भने विजेताहरु पारदर्शी डिजिटल लक्की ड्र मार्फत छनोट गरिनेछ ।

    images

    वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरुले आफुले कमाएको पैसा सुरक्षित रुपमा नेपालमा रहेका आफ्ना आफन्तको हातमा पठाउने गरेका छन् । पछिल्लो समय मुद्रा भुक्तानीमा डिजिटल प्रविधि अझै नजिकिदै गएको छ । वैदेशिक रोजगारीमा गएर स्वदेशमा वैदेशिक मुद्रा, प्रविधि र सीप भित्राउने मात्रै नभएर अवसरको सदुप्रयोग गर्दै विदेशबाट स्वदेशमा पैसा पठाउँदा उपहार जित्ने मौका पनि आइएमईले प्रदान गरेको छ ।

  • सम्बन्धित विषय:

  • # टिक्मो
  • # आइएमई