काठमाडौं । जारी आइपिएलमा चेन्नई सुपर किंग्सलाई हराउँदै राजस्थान रोयल्सले विजयी शुरुवात गरेको छ ।
सोमबार राती सम्पन्न खेलमा रोयल्सले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको हो । १२८ रनको लक्ष्य पछाएको राजस्थानले १२.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो ।
राजस्थानको लागी वैभव सूर्यवंशीले ५२ रन बनाए भने यशस्वी जैसवालले अविजित ३८ रन जोडे ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले १९.४ ओभरमा अल आउट हुदै १२७ रन बनाएको थियो । चेन्नईका लागि जामि ओभरटनले सर्बाधिक ४३ रन बनाएका थिए भने कार्तिक शर्माले १८ बनाएका थिए ।
मंगलबार गुजरात टाइटन्स र पञ्जाव किंग्सबीच खेल हुदैछ ।


