मंगलबार, श्रावण १२ गते २०८३
images
images

त्रिविमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन, सरकारविरुद्ध मार्चपास

एक्सप्रेस पाना
बैशाख १५, २०८३ मंगलबार
  • 139
    SHARES
  • त्रिविमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन, सरकारविरुद्ध मार्चपास

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा संयुक्त विद्यार्थी संगठनले मंगलबार विभिन्न नारासहित प्रदर्शन गरेका छन्।

    images

    उनीहरूले शैक्षिक संस्थाहरूमा हुने छात्रा हिंसाविरुद्ध एकजुट बनौं, क्याम्पसहरू सुन पसल होइनन्, विश्वविद्यालयमा प्रहरी होइन प्राध्यापक पठाऊ, ओइ सरकार ओइ, विद्यालय शिक्षा विधेयक खोइ ? लगायतका नारासहित पम्पलेट प्रदर्शन गरेका हुन्।

    अखिल (क्रान्तिकारी)का विद्यार्थी नेता मदन ढकालले संयुक्त विद्यार्थी संगठनको तर्फबाट विरोध प्रदर्शनस्वरूप मार्चपास गरिएको बताए।

    images

    उनले भने, "जनतालाई महँगीको मारमा पारिएको छ, सुकुम्बासीको उठीबास गराइएको छ, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सकिएको छैन। यी सबै विषयमा सरकारलाई ध्यानाकर्षण गराउन हामीले विरोधसभा र मार्चपास गरेका हौं।"

    ढकालले आगामी दिनमा स्वतन्त्र विद्यार्थी युनियनमार्फत विभिन्न क्याम्पसहरूमा कार्यक्रम र गतिविधि सञ्चालन गरिने पनि बताए।

    उनले भने, "आज हामीले मार्चपास गरिसकेपछि अब आगामी दिनमा स्वतन्त्र विद्यार्थी युनियनको माध्यमबाट विभिन्न क्याम्पसहरूमा आफ्नो कार्यक्रम र गतिविधि गर्नेछौं। धारा १७ लाई ख्याल नगरी सरकारले विद्यार्थी संगठनलाई खारेज गर्ने भन्दै अपवाह फैलाइएको छ, त्यो खेदजनक छ।"

    यस्तै, विद्यार्थी नेतृ ममता अधिकारीले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाएर आन्दोलन रोक्न नसकिने बताइन्।

    उनले भनिन्, "विद्यार्थी संगठन कसैले प्रतिबन्ध लगाउँदैमा लाग्ने पनि होइन। हिजोका दिनमा पनि लोकतन्त्र स्थापनाका लागि जनताहरू आफ्नो स्तरबाट संगठित भएर देशमा भएका निरंकुश राजतन्त्रात्मक व्यवस्थालाई फालेको इतिहास हामीसँग छ। विद्यार्थी आन्दोलन सरकारको कुनै डायरीबाट निस्केको होइन। विद्यार्थी आन्दोलन र विद्यार्थी संगठनमाथिको प्रतिबन्ध लोकतन्त्रमाथिको प्रहार हो।"

  • सम्बन्धित विषय:

  • # संयुक्त विद्यार्थी