आइतबार, भाद्र २८ गते २०८३
images

रोयल च्यालेन्जर्स बैंगलुरुले लगातार दोस्रो पटक जित्यो आइपिएलको उपाधि

एक्सप्रेस पाना
जेठ १८, २०८३ सोमबार
  • 336
    SHARES
  • रोयल च्यालेन्जर्स बैंगलुरुले लगातार दोस्रो पटक जित्यो आइपिएलको उपाधि

    काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलुरुले लगातार दोस्रो पटक आइपिएलको उपाधि जित्न सफल भएको छ ।

    images

    आइतबार राति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बैंगलुरुले च्याम्पियन बनेको हो ।

    १५६ रनको लक्ष्य पछ्याएको बैंगलुरुले १८ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । बैंगलुरुको लागी विराट कोहलीले अविजित ७५ रनको उत्कृष्ट इनिङ्स खेले । यस्तै वेंकटेस अय्यरले ३२, टिम डेभिडले २४ रनको योगदान दिए । 

    images

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।

  • सम्बन्धित विषय:

  • # आइपिएल
  • # रोयल च्यालेन्जर्स बैंगलुरु