मंगलबार, श्रावण १२ गते २०८३
images
images

आजको राशिफल बि.स २०८३ साउन ९ गते शनिबार

एक्सप्रेस पाना
श्रावण ९, २०८३ शनिबार
  • 243
    SHARES
  • आजको राशिफल बि.स २०८३ साउन ९ गते शनिबार

    काठमाडौं । आजको राशिफल बि.स २०८३ साउन ९ गते शनिबार ई.स २०२६ जुलाई २५ नेपाल सम्बत ११४६, वर्षा ऋतु, असार शुक्ल एकादशी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, ब्रह्मा योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५९ मिनेटमा बजे हुनेछ ।

    images


    मेष राशि
    शिक्षा तथा परीक्षामा अनुकूल परिणाम प्राप्त हुनेछ। आत्मविश्वास र उत्साह बढ्ने संकेत छन्।


    वृष राशि
    बोलचालमा संयमता आवश्यक छ। व्यापार तथा शैक्षिक क्षेत्रमा सुधारको संभावना प्रबल छ।

    images


    मिथुन राशि
    वैदेशिक प्रयत्नमा सफलता मिल्नेछ। तथापि, नजिकका साथीहरूबाट धोका वा निराशा पर्न सक्ने देखिन्छ।


    कर्कट राशि
    आर्थिक र धार्मिक गतिविधिमा उतारचढाव देखिन सक्छ। शिक्षा तथा राजनीतिमा विशेष ध्यान दिनु उपयुक्त हुन्छ।


    सिंह राशि
    परिवारको सहयोग प्राप्त हुनेछ। व्यापारिक क्षेत्र लाभदायक रहनेछ। परोपकारी कार्यमा संलग्न हुँदा सामाजिक प्रतिष्ठा बढ्नेछ।


    कन्या राशि
    सम्पत्ति आर्जनको अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा तनाव सिर्जना हुन सक्छ। मानसिक खिन्नता बढ्ने सम्भावना छ।


    तुला राशि
    आर्थिक कठिनाइको सामना गर्नुपरे पनि शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। दीर्घकालीन योजनाले लाभ दिलाउनेछ।


    वृश्चिक राशि
    विरोधीहरूको गतिविधि बढ्न सक्छन्, तर धैर्य अपनाउँदा स्थितिलाई नियन्त्रणमा ल्याउन सकिन्छ। वैदेशिक लगानी लाभदायक रहनेछ।


    धनु राशि
    प्रशंसा र सम्मान बढ्नेछ। शैक्षिक अवसरहरू विस्तार हुनेछन्। धार्मिक विषयप्रति आकर्षण बढ्ने संकेत छन्।


    मकर राशि
    दीर्घकालीन योजना तत्काल नबनाउनु उपयुक्त हुन्छ। ठूलो नाफाको सम्भावना कम भए पनि सामान्य कार्यहरू सहज रूपले अघि बढ्नेछन्।


    कुम्भ राशि
    शिक्षा, स्वास्थ्य र श्रमसम्बन्धी क्षेत्रमा सकारात्मक परिणाम प्राप्त हुनेछ। सामाजिक तथा राजनीतिक गतिविधि सामान्य रहनेछन्।


    मीन राशि
    आफन्तको सहयोग प्राप्त हुनेछ। शिक्षा, स्वास्थ्य र राजनीतिक पक्ष स्थिर रहनेछन्।