शुक्रबार, भाद्र २६ गते २०८३
images

थकान मेटाउने, चिसो भुलाउने ढोरपाटन

एक्सप्रेस पाना
कार्तिक २८, २०७८ आइतबार
  • 423
    SHARES
  • थकान मेटाउने, चिसो भुलाउने ढोरपाटन

    कात्तिक २८ बागलुङ । चौफेरो अग्ला अग्ला पहाड । बीचमा समथर उपत्यका। उपत्यकाको आसपासबाट उत्तरतर्फ कलकल बग्ने उत्तरजंगा नदी । उपत्यका छेउछाउमा रहेको बाक्लाे बस्ती,  काठ मात्र प्रयोग गरेर निर्माण गरेका पुरानो शैलीका घरहरू । याे दृश्य हाे ढोरपाटन सिकार आरक्ष केन्द्रकाे । यहाँ पुग्ने जाे काेही पनि यहाँकाे प्राकृतिक शुन्दरता देखेर मोहित हुने गर्छन ।

    images

    बागलुङको पश्चिम क्षेत्रमा पर्ने ढोरपाटन सिकार आरक्ष केही समययता आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ । ढोरपाटन सिकार आरक्ष पुग्न बागलुङ बजारदेखि  बूर्तिवाङसम्मको करिब ९० किलोमिटर सडक (मध्यपहाडी लोकमार्ग)  यात्रा गर्नु पर्छ । बूर्तिवाङ बजारदेखि करिब ३० किलो मिटर कच्ची सडक पारे गरेपछि ढोरपाटन उपत्यकामा पुग्न सकिन्छ । 

    ढोरपाटन सिकार आरक्ष केन्द्रका प्रमुख विरेन्द्रप्रसाद कँडेलका अनुसार यात्रामा जति नै दु:ख भए पनि गन्तव्यमा पुगेपछि सबै भुलिन्छ । सदरमुकाम तथा जिल्ला धेरै ग्रामीण भेगबाट विस्थापित भएका घोडाहरू चरिरहेकाे देख्दा आहा ! नभन्ने काेही हुँदैनन् । ढोरपाटन घुम्न आउने अधिकांश पर्यटकहरू एक पटक मात्रै भए पनि घाेडा सवार गर्न खाेज्ने स्थानीय दिवस विकले बताए । 

    images

    फराकिलो ढोरपाटन उपत्यकमा घोडा दौडाएर भिडियो, टिकटक बनाउने, फोटो लिने पर्यटक धेरै हुन्छन् । एक पटक घोडा चढेको एक सयदेखि समयअनुसार दुई, तीन सय रुपैयाँ लिने गरेको विकले बताए । छिटफुट रुपमा सिकार गर्ने पर्यटकहरु पुग्ने ढोरपाटनमा पछिल्ला केही बर्षयता प्रकृतिप्रेमी पर्यटक पुग्न थालेको स्थानीय मिना पुनले बताए । 

    गोठालाहरू भैंसी, गाई, गोरु, भेँडा, बाख्रा लिएर बेसी झरेपछि सुनसान जस्तै हुने ढोरपाटन क्षेत्र अहिले पर्यटकले खचाखच भएकाे छ । ‘पहिले पहिले हिउँदमा बस्ती सुनसान हुन्थ्यो,’ पुनले भनिन् ‘पर्यटक आउन थालेपछि अहिले बर्षभरी नै चहलपहल हुन्छ ।’ आन्तरिक पर्यटक बास बस्ने गरी जान थालेपछि ढोरपाटन क्षेत्रमा होमस्टे, सामुदायिक लज तथा होटल खुलेका छन् ।' 

    दसैंतिहार बिदाको समयमा धेरै आन्तरिक पर्यटक ढोरपाटन पुगेका थिए । सिकार आरक्ष कार्यालयले सो क्षेत्रमा प्रवेश गर्ने सवारीको लागत राख्ने गरेको छ । नेपाली, सार्क राष्ट्र र विदेशी नागरिकलाई छुट्टाछुटै प्रवेश शुल्कको ताेकिएकाे छ ।