शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपाल आइडलको चौथो संस्करण आज देखि

एक्सप्रेस पाना
मंसिर २३, २०७८ बिहीबार
  • 419
    SHARES
  • नेपाल आइडलको चौथो संस्करण आज देखि

    मंसिर २३ काठमाडौं । एपीवान टेलिभिजनमा प्रशारण हुने नेपाल आइडलको चौथो संस्करण आज (बिहिवार)  र शुक्रबार राति ८ बजे सुरु हुँदैछ । साताको दुई दिन प्रशारण हुने नेपाल आइडल दर्शकको सबैभन्दा माया पाएको सांगीतिक रियालिटी सो हो । देशका कुना कन्दरामा लुकेका प्रतिभाहरुलाई स्तरीय सांगीतिक मञ्च प्रदान गर्दै आएको नेपाल आइडल नेपालभित्र मात्रै नभई विश्वभर छरिएर रहेका नेपाली भाषाको माया पाएको छ । 

    images

    नेपाल आइडलको चौथो सिजन-४ मा नयाँ जजहरु थपिएका छन् । यस सिजनमा वरिष्ट संगितकार शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र सिवानी मोक्तानले जजको भूमिका निर्वाह गर्ने छन् । यस्तै उद्घोषकमा आसिफ शाह र रेश्मा घिमिरे रहने छन् । करिब ४ महिनापछि नेपालले चौथो नेपाल आइडल पाउनेछ । 

    त्यस्तै चौथो संस्करणमा देशभरबाट करिब ५ हजार प्रतिस्पर्धी सहभागि भएका थिए । कोभिड १९ का कारण यसपटक काठमाडौं, पोखरा , विराटनगर र नेपालगन्जमा जज अडिसन सञ्चालन भएको थियो । यस सिजनमा नेपाल आइडललाई कोकाकोलाले मुख्य प्रायोजन गरेको छ । 

    images