शुक्रबार, भाद्र २६ गते २०८३
images

ज्याकलिन र सुकेशको वेब सिरिजमा निर्माताको चासो

एक्सप्रेस पाना
पौष ७, २०७८ बुधबार
  • 455
    SHARES
  • ज्याकलिन र सुकेशको वेब सिरिजमा निर्माताको चासो

    पुस ७ काठमाडौं । हालका दिनमा अभिनेत्री ज्याकलिन फर्नान्डिज र महाठग सुकेश चन्द्रशेखरको चर्चा बलिउडमा निकै छ । सुकेशसँग ज्याकलिनको रोमान्टिक तस्वीर भाइरल भएकै कारण ज्याकलिनमाथि तनाव बढेको छ ।

    images

    यो विषयमा जाँच एजेन्सी इडीले ज्याकलिनमाथि कैयौंपटक सोधपुछ गरिसकेको छ र ज्याकलिन हरेक पटक सुकेशसँगको सम्बन्धलाई कुनै न कुनै प्रकारले अस्वीकार गरिरहेकी छन् । यो घटनाले फिल्म निर्मातालाई प्रभावित बनाएको छ ।

    निर्माताहरुलाई यसको कथा र प्लट राम्रो लागेको छ । कैयौं निर्माता तथा निर्देशकहरु यो घटनाको विषयमा एक वेब सिरिज वा वृत्तचित्र बनाउने तयारीमा छन् । यो विषयमा धेरै जानकारी बाहिर नआए पनि एक महाठगले अभिनेत्रीलाई फसाउन खोजेको विषयमा जोकोहीको चासो बढेको छ ।

    images

    सुकेशले ज्याकलिनलाई साथी बनाउदै उनलाई २ सय करोड रुपैंयाँको सुपरहिरो वेब सिरिजमा प्रमुख भूमिका दिने वचन दिएका थिए । ज्याकलिनले फिल्ममा अफर नपाएको र यसले उसलाई तनाव दिइरहेको सुकेशले थाहा पाएपछि उनले वेब सिरिजको प्रस्ताव राखेका थिए ।