शुक्रबार, भाद्र २६ गते २०८३
images

विरोधपछि नयाँ शब्दमा सनी लियोनीको ‘मधुवन’

एक्सप्रेस पाना
पौष १२, २०७८ सोमबार
  • 545
    SHARES
  • विरोधपछि नयाँ शब्दमा सनी लियोनीको ‘मधुवन’

    मुम्बई । भारत मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राको चेतावनीपछि म्युजिक कम्पनी सारेगामाले अभिनेत्री सनी लियोनीले अभिनय गरेको म्युजिक भिडियो ‘मधुवन’ मा परिवर्तन गर्ने घोषणा गरेको छ । 

    images

    भिडियोमा आएको प्रतिक्रिया र देशका नागरिकको सम्मान गर्दै मधुवन गीतको नाम र शब्द परिवर्तन गर्ने सारेगामाले प्रतिबद्धता जनाएको छ । उसले तीन दिनभित्र सबै प्लेटफर्ममा रहेको पुरानो गीत हटाएर नयाँ गीत राख्ने बताएको छ ।

    हालै गृहमन्त्री मिश्राले अभिनेत्री सनी र गीतका गायकलाई चेतावनी दिँदै भिडियोका लागि माफी माग्न र तीन दिन भित्र भिडियो नहटाए कारवाही भोग्न तयार रहन भनेका थिए । यसअघि मिश्राको चेतावनीपछि डिजाइनर सब्यसाची मुखर्जीले आफ्नो मंगलसूत्रको विज्ञापन फिर्ता लिएका थिए ।

    images

    यो गीतमा सन् १९६० को फिल्म ‘कोहिनूर’मा मोहम्मद रफीले गाएको गीतको केही शब्द पनि थियो । यो गीतमा मथुराका पुजारीहरूले पनि आपत्ति जनाएका थिए ।

    अखिल भारतीय तीर्थ पुरोहित महासभाका राष्ट्रिय अध्यक्ष महेश पाठकले सनीको गीतका कारण बृजभूमिको प्रतिष्ठालाई अपमानजनक ढंगले धमिलो बनाएको आरोप लगाएका थिए ।