शुक्रबार, भाद्र २६ गते २०८३
images

आमा बनेपछिकी ऋचा शर्मा, १४ केजी तौल घटाइन्, फेरि फिल्ममा सक्रिय

एक्सप्रेस पाना
पौष २५, २०७८ आइतबार
  • 580
    SHARES
  • आमा बनेपछिकी ऋचा शर्मा, १४ केजी तौल घटाइन्, फेरि फिल्ममा सक्रिय

    पुस २५ काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि ऋचा शर्मा चिनाइरहनुपर्ने नाम होइन । अभिनय कलाले सबैलाई लोभ्याउन सफल ऋचा मिस नेपाल २००७ की टप ७ फाइनलिस्टसमेत हुन्।

    images

    फस्ट लभु चलचित्रबाट डेव्यु गरेकी ऋचाले समीक्षक र दर्शकको राम्रो मन जित्न सफल भएकी थिइन्। लुट, भिषा गर्ल, टलक जंग भर्सेस टुल्के, बाटोमुनिको फुल दुई, को आफ्नोलगायतका धेरै चलचित्रमा उनले दर्शकको मन जित्न सफल भइन्।

    कमेडी रियालिटी शो कमेडी च्याम्पियनु की जजसामेत रहेकी ऋचाले २०१९ मा दिपेक्षविक्रम रानासँग विवाह गरेकी ऋचा यतिबेला एक सन्तानकी आमासमेत बनेकी छन्। मातृत्व सुख लिइरहेकी ऋचा यतिबेला काममा समेत फर्किरहेकी छन्।

    images

    सन्तान प्राप्तिपछि बढेको आफ्नो तौललाई घटाएर उनले एक सर्ट फिल्म र एक बाहिरी प्रोजेक्टको सुटिङ सकेकी छिन्। ७७(७८ केजी तौल पुगेकी ऋचाले झन्डै १४ केजी तौल घटाएकी छन्। 

    ऋचा भन्छिन्, आमा बनेपछि म झन्डै ७८ केजी पुगेकी थिएँ। यो प्राकृतिक प्रक्रिया पनि हो। मैले आमा बनिसकेपछि व्यायाम र डाइट गरेर झन्डै १४ केजी तौल घटाएँ। अहिले काममा व्यस्त राखिरहेकी छु।