शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ काे रिलिज पोस्टपोन्ड

एक्सप्रेस पाना
माघ ५, २०७८ बुधबार
  • 418
    SHARES
  • चलचित्र ‘म यस्तो गीत गाउँछु २’ काे रिलिज पोस्टपोन्ड

    माघ ५ काठमाडौं । निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को रिलिज डेट पोस्टपोन्ड गरेका छन् ।

    images

    कोरोना संक्रमण तीव्र बढेसँगै सरकारले अत्यावश्यकबाहेक बाहिर ननिस्कन भनेको र सिनेमा हल बन्द गर्ने निर्णय गरेकाले १९ माघलाई तय प्रदर्शन मिति हाललाई स्थगित गरिएको निर्देशक थापाले जानकारी दिएका छन् ।

    थापाले बुधबार विज्ञप्ति जारी गर्दै बढ्दो संक्रमणका कारण ‘म यस्तो गीत गाउँछु २’ निर्धारित समयमा प्रदर्शन नहुने जनाएका छन् । उनले अवस्था सामान्य भएपछि उही उत्साह र जोशका साथ प्रदर्शनको नयाँ मिति घोषणा गरिने जानकारी दिएका छन् ।

    images

    म यस्तो गीत  गाउँछु २ मा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ ।

    Avatar