शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपाली चलचित्र ‘मीरा’ निर्माण हुने

एक्सप्रेस पाना
माघ १०, २०७८ सोमबार
  • 480
    SHARES
  • नेपाली चलचित्र ‘मीरा’ निर्माण हुने

    माघ १० काठमाडौं । नेपाली कथानक चलचित्र ‘मीरा’ को शुभ मुहूर्त  गरिएको छ । गुहेश्वरी मन्दिर परिसरमा वरिष्ठ कलाकार एवं निर्देशक कृष्ण मल्लको प्रमुख आतिथ्यतामा चलचित्रको शुभमुहुर्त गरिएको हो । चलचित्रको निर्देशन रोशन कुमार श्रेष्ठले गर्ने भएका छन् । द लाइफ एक्सप्रेस मुभि मेकर्स प्रालि तथा मझारे ईन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्ने  ‘मीरा’ को शुभ मुहूर्त समारोहमा चलचित्रका मुख्य कलाकार रमेश क्षेत्री तथा रजिना अर्यालले मुहुर्त शटमा अभिनय गरेका थिए ।

    images

    समारोहलाई सम्बोधन गर्दै चलचित्रका निर्देशक रोशन कुमारले मीरा नारी प्रधान फिल्म हुने जानकारी दिँदै चलचित्रले बलात्कार जस्तो निन्दनीय घटनालाई हतोत्साहित गर्ने कथावस्तु समेटिएको जानकारी गराए ।

    मुहुर्त शटमा द्वन्द निर्देशक संघका अध्यक्ष नारायण प्रधानले क्यामराको स्विच अन गरेका थिए भने चलचित्रकर्मी राजेश बिसुरालले क्ल्याप गरेका थिए । लेखक सुशिल देवकोटाले नरिवल फुटाएर शुभसाइत शटको थालनी गराएका थिए ।  त्यसअघि चलचित्रकर्मी सुनिल कटवालले क्यामराको पूजा गरेका थिए ।चलचित्रमा रजिना अर्यालले मीराको भुमिका निर्वाह गर्दैछिन् । उनको यो पहिलो चलचित्र हो ।

    images

    चलचित्रका अभिनेता रमेश क्षेत्रीले एउटी कमजोरी आर्थिक अवस्था भएकी महिलाको सरकारी जागिर खाने सपना र त्यसलाई पुरा गर्ने क्रममा उनले भोग्नु परेका पीडालाई चलचित्रले समेट्ने बताए ।चलचित्रका प्रेम बस्याल, रविना केसी, महेश धामी क्षेत्री,राजु श्रेष्ठ लगाएत अन्य कलाकारहरु रहनेछन ।गोपाल कार्की तथा आरोही श्रेष्ठ यस चलचित्रका निर्माता हुन् भने कथा प्रेम बस्यालले लेखेका छन । समारोहमा चलचित्रको पोस्टर समेत अनावरण गरिएको थियो ।