शुक्रबार, भाद्र २६ गते २०८३
images

गायक बसन्त शाहिको"खोलि बगर"ले दर्शकको मन जित्दै (हेर्नुहोस् भिडियो)

एक्सप्रेस पाना
माघ १२, २०७८ बुधबार
  • 443
    SHARES
  • गायक बसन्त शाहिको"खोलि बगर"ले दर्शकको मन जित्दै (हेर्नुहोस् भिडियो)

    माघ १२ काठमाडौं । मौलिक लोक तथा दोहोरी गीत संगीतका प्यासी हरुको लागि सर्जक तथा लोकदोहोरी गीत संगीत क्षेत्रको संरक्षण र प्रबर्द्धनका लागि जुटिरहेका लोकप्रिय गायक वसन्त शाहीले अर्को नया गित "खोलि बगर" बोलको गीत बजार मा ल्याएका छन ।

    images

    गायक शाहिले विभिन्न गीत संगीतहरु बजारमा ल्याउने क्रममा पछिल्लो समय “खोलि बगर” बोलको गीत बजारमा ल्याएका हुन । उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् ।

    उक्त गितमा गायक उनै वसन्त शाहि, सिद्धान्त परियार गायिका बर्षा सिलवाल, डोल्मा शेर्पा, प्रिया सेन्चुरिको स्वरमा रहेको उक्त गीतमा सजना सुन्दास शाहीको शब्द तथा गाकक शाही स्वयमको लय सृजना रहेको छ । गीतमा संगीत संयोजन नारायण दाँगालको रहेको छ भने,गीतमा ध्वनि मुद्रण र रेकर्डिङको काम प्रेम राम्जाली र सोजिता अधिकारीको रहेको छ ।

    images

    गीतको भिडियोलाई मुकेश हुमागाइको छायाँकन रहेको छ भने भिडियोलाई रोशन धितालको सम्पादन छ । भने उक्त भिडियोमा चर्चित मोडल सुरज श्रेष्ठ , मेनुका सोनि लगायत का कलाकारहरुको अभिनय देख्न सकिन्छ।

    उक्त भिडियो लाई मिलन श्रेष्ठले निर्देशन गरेका छ्न भने गीतको भिडियो Basanta Music Pvt.Ltd. Youtube च्यानलमार्फत सार्वजनिक गरिएको छ। 

    गीतको भिडियो हेर्नुहोस्