माघ १४ काठमाडौं । भनिन्छ हाँसो नै जिवनको एउटा ओखती हो जस्ले उमेर बढाउने काम गर्छ । नेपालीमा मात्र हैन अङ्ग्रेजीमा पनि भन्ने गरिन्छ 'लाउज इज गुड् फर हेल्थ' बिगत २ बर्ष देखि मानव जगतले भोग्दै आएको कोरोना महामारिको डर, त्रासले गर्दा हामीले दिल खोलेर हाँस्न र आफ्नै परिवार साथी भाइ, इस्ट-मित्र संग खुसी साट्न पाएका थिएनौं ।
देशमा भएकाहरु देखि बिदेशमा भएका हरु सम्म यो महामारीले टाढा थिए । अब फेरि कोरोनासंग लड्दै मानव जीवन सहज बनाउंदै अगाडि बढिरहेका छौं । बिगत दुई बर्ष देखिको आम दर्शकको हाँसो लाई एकै साथ बाहिर निकाल्नको लागि नेप्ग्याजम अष्ट्रेलियाले यहि आउँदो फेब्रुअरी ४ मा अष्ट्रेलियाको रकडेलमा रहेको `क्लव हाउस डि क्याफे´ मा कमेडी नाइट शो गर्ने भएको छ ।

जसमा कलाकार गिनिज वल्र्ड रेकर्ड होल्डर (UKG) नामले दर्शक स्रोताको मन जित्न सफल उमेश कुमार गौतम, कलाकार बबिन बानियाँ र कलाकार रुपक बुढाथोकिले आफ्नो प्रस्तुती दिने भएका छन ।
बिगतमा कमेडि शो मात्र गरेको नेपग्याजमले यसपटक कमेडिमा संगितिक माहोल पनि सामेल गरेको छ जसमा क्यरसाङले आफ्नो साङ्गेतिक प्रस्तुती दिनेछन् । नेप्ग्याजम २०१७ फ्रेब्रुअरिमा जन्मिएको नेपाली युट्युब च्यानल हो । जस्ले नेपालमा मात्र नभए अष्ट्रेलियामा पनि आफ्नो कमेडी शो संचालन गर्दै आईरहेको छ । नेप्ग्याजम युवापुस्ताद्वरा अत्याधिक रुचाईएको कमेडी च्यानल हो ।
जसले बिगतका दिनहरुमा सगरमाथाको कालपत्थरमा बिश्वको अग्लो स्थानमा कमेडी गरेर गिनिज वल्र्ड रेकर्डमा आफ्नो नाम पनि दर्ता गरिसकेको छ । नेपग्याजमको इतिहास पढ्ने हो भने ३ बर्षको अवधिमा नेपालका विभिन्न शहर देखि काठमाडौंको राष्ट्रिय सभा गृह हुँदै प्रज्ञा प्रतिष्ठान सम्ममा नेपग्याजमले आफ्नो कमेडी शो संचालन गरेको थियो ।


