शुक्रबार, भाद्र २६ गते २०८३
images

बलिउड अभिनेत्रीहरुको नामको यस्तो अर्थ

एक्सप्रेस पाना
माघ २०, २०७८ बिहीबार
  • 308
    SHARES
  • बलिउड अभिनेत्रीहरुको नामको यस्तो अर्थ

    एजेन्सी
    काठमाडौं, २० माघ हरेक व्यक्तिको नाम भित्र केही न केही अर्थ लुकेको हुन्छ । अझ फिल्मका कलाकारको नामको अर्थमा दर्शकको चासो बढी नै हुन्छ । बलिउडका ६ अभिनेत्रीको नामको अर्थ आफैंमा रोचक छ ।

    images

    अभिनेत्री कंगना रनावत बोलीका कारण चर्चामा आइरहने अभिनेत्री हुन् । उनी सामाजिक सञ्जालमा बढी विवादमा छाइरहन्छिन् । यिनै कंगनाको नामको अर्थ हो ‘ब्रासलेट ।

    अभिनेत्री यामी गौतमको पनि नामको अर्थ छ । यामीको अर्थ हो ‘चम्किरहेको तारा’ ।

    images

    अभिनेत्री अनन्या पाण्डेको नामको अर्थ खोज्दा अनन्याको अर्थ ‘सबैभन्दा अलग अथवा अद्भुत’ हो ।

    त्यस्तै करीना कपूरको नामको अर्थ करीना अर्थात् ‘फूल’ या ‘निर्दोष’ हो ।

    कियारा आडवाणीको नामको अर्थ कियारा अर्थात् इटालियन भाषामा ‘चमकदार’ हुन्छ । हिन्दु धर्ममा कियारालाई ‘भगवानको बहमुल्य उपहार’ मानिन्छ ।