माघ २४ काठमाडौं । पर्सा जिल्लाको जिराभवानीपुर गाउँपालिका–४ मा हिजो साँझ ट्याक्टरमा मोटरसाईकल ठोकिदा एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकलमा सवार बालिका रहेकी छन् । र्दुघटना एक जना घाइते भएका छन् । ना४त ८१४६ नम्बरको ट्याक्टरमा बा५५प ६५२८ नम्बरको मोटरसाईकल हिजो साँझ ६ बजे ठोकिएको थियो ।
दुर्घटनामा घाइते भएका जिराभवानी गाउँपालिका ४ की ३० वर्षीया विद्या देवी र उनकी ४ वर्षीया छोरी अन्यालाई उपचारको लागि अस्पताल लैजादै गर्दा बालिकाको बाटोमै मृत्यु भएको हो ।
विद्या देवीको नारायणी अस्पताल विरगन्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
.jpg)


