शुक्रबार, भाद्र २६ गते २०८३
images

करिब दुई दशकपछि जयनन्द लामाको नयाँ लोकगीत ‘महाभार लेकको जंगलमा’सार्वजनिक

एक्सप्रेस पाना
माघ २६, २०७८ बुधबार
  • 234
    SHARES
  • करिब दुई दशकपछि जयनन्द लामाको नयाँ लोकगीत ‘महाभार लेकको जंगलमा’सार्वजनिक

    माघ २६ काठमाडौं । लोकगायक जयनन्द लामाले दुई दशक लामो अन्तरालपछि मौलिक लोकगीत ‘महाभार लेकको जंगलमा याला’ दर्शकमाझ ल्याएका छन् । उनले आफ्नो युट्यबमार्फत गीत सार्वजनिक गरेका हुन् ।

    images

    गायक लामाकै शब्द र संगीत रहेको लोकगीतमा दीपा लामा, बाबु जिम्बा, आरबी लामा, दाबा फिन्जो तामाङ, शशीकला मोक्तान र अञ्जु थोकरको पनि स्वर सुन्न सकिन्छ । गीतमा संगीत संयोजन छेवाङ तेन्जिङ लामा र मिक्सिङ कारसाङ लामाको छ ।

    ल्होसारको अवसर पारेर सार्वजनिक गरिएको गीतको भिडियोमा कलात्मक र सांस्कृतिक नृत्य प्रस्तुत गरिएको छ । इन्द्र गुरुङद्वारा निर्देशित म्युजिक भिडियोमा गायक स्वयं जयनन्द लामाका साथमा डोमा ह्योल्मो, दाब फिन्जो तामाङ, बाबु जिम्बा, श्याममाया गुरुङ, सकु तामाङ फिचर्ड छन् । 

    images

    सेवा फिल्म्स्को दृश्य निर्माण र सुरेन्द्र थिङको निर्माणमा बनेको म्युजिक भिडियोको छायांकन मरुभूमि नारायण र सम्पादन बाबु जिम्बाले गरेका छन् । गायक लामाले आफूले झन्डै ४० वर्षअघि संकलन गरेको गीत गाएको बताए । ‘यो पहाडी र हिमाली शृंखलाको बीचमा बस्ने सम्पूर्ण नेपालीको पूरानो र मौलिक परम्परागत गीत हो’, जयनन्दले भने, ‘यो कुनै जात विशेषको गीत नभई ती भेकमा हरेक चाडपर्वमा पुर्खादेखि अहिलेसम्म पनि नाच्दै गाइने गीत हो ।’

    पाँच दशकअघि गायन यात्रा सुरू गरेका लामाले लोकगीत, दोहोरीगीत, गीति नाटक गरी दुई सय बढी गीत गाएका छन् । गायक लामा पछिल्लो समयमा फिल्मी अभिनयमा व्यस्त छन् ।