शुक्रबार, भाद्र २६ गते २०८३
images

सागरको गहिराइमा निराजन र एलिसाको जोडी

एक्सप्रेस पाना
माघ २८, २०७८ शुक्रबार
  • 297
    SHARES
  • सागरको गहिराइमा निराजन र एलिसाको जोडी

    माघ २८ काठमाडौं । मोडल एलिसा राई र निराजन प्रधानले ‘सागरको गहिराइ’मा जोडी बाँधेका छन् । गायक पार्कर लिम्बुको पछिल्लो गीत 'सागरकाे गहिराइ'मा याे जाेडी निकै जमेकाे छ ।

    images

    पप गायक लिम्बुको शब्द, संगीत र गायन रहेको सार्वजनिक गीतमा एलिसा र निराजनको जोडी निक्कै सुहाएको छ। सार्वजनिक म्यूजिक भिडियोमा युवापुस्ताको खुशीको क्षणलाई चित्रण गरिएको छ। 

    निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडियो छायांकन उत्तम हुमागाईंले गरेका हुन् । भिडियो सम्पादन विकाश धमलाले गरेका छन् । सार्वजनिक गीत गायक पार्करले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । 

    images