शुक्रबार, भाद्र २६ गते २०८३
images

सन्देशमूलक ‘अ-गुड जोक’ सार्वजनिक

एक्सप्रेस पाना
फाल्गुण २९, २०७८ आइतबार
  • 355
    SHARES
  • सन्देशमूलक ‘अ-गुड जोक’ सार्वजनिक

    फागुन २९ काठमाडौं । स्वामी आत्मो पुष्पको कथा र निर्देशनमा तयार भएको सर्ट फिल्म ‘अ-गुड जोक’ सार्वजनिक भएको छ । नाम र दाम कमाउन अरुलाई हानी गर्नुहुँदैन भन्ने सन्देशसहितको फिल्मले काठमाडौंमा कोठा भाडामा बस्ने महत्वकांक्षी मध्यमवर्गीय युवकको चरित्रको कथालाई देखाएको छ ।

    images

    फिल्ममा स्वामी आत्मो पुष्प, प्रतिक्षा खतिवडा, विपिन जैसवाल, रोहित कार्कीलगायतको अभिनय छ । बालकृष्ण लम्साल र चिरञ्जिवी विक निर्माता रहेको फिल्ममा भूपेन थापा मगरको छायांकन, नकुल खड्काको सम्पादन तथा पुष्प र प्रदीप केसीको पटकथा र संवाद छ ।

    निर्देशक पुष्पले फिल्म ‘चङ्गा चेट’, ‘गोपी’, ‘दयारानी, ‘साङ्लो’, ‘मालिका’ र ‘कमिटमेन्ट ६० आवर’लगायतका फिल्ममा सहायक निर्देशकका रुपमा काम गरिसकेका छन् ।

    images