शुक्रबार, भाद्र २६ गते २०८३
images

जनकपुरधाममा सात दिवसीय श्री मिथिला महोत्सव हुने

एक्सप्रेस पाना
चैत्र २, २०७८ बुधबार
  • 294
    SHARES
  • जनकपुरधाममा सात दिवसीय श्री मिथिला महोत्सव हुने

    जनकपुरधाम, २ फागुन पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको संरक्षण गर्ने उद्देश्यले जनकपुरमा श्री मिथिलाका महोत्सव २०७८को आयोजना हुने भएको छ । जनकपुर उद्योग वाणिज्य संघसँगको सहकार्यमा आइडिया पिक्सलले बुधवार बिहान पत्रकार सम्मेलन गरी अगामी चैत २४ गतेदेखि सात दिवसीय महोत्सवको आयोजना गर्न लागेको जानकारी गराएको छ । 

    images

    आइडिया पिक्सलले श्री मिथिला महोत्सवलाई भव्य बनाउन नेपाल र भारतका चर्चित कलाकारलाई सहभागी गराइने छ । नेपालसहित अन्य देशमा पटक पटक इभेन्टहरूको आयोजना गरिसकेका आइडिया पिक्सलले पहिलो पटक जनकपुरमा यस्तो कार्यक्रम गर्न लागेको हो । 

    पिक्सलका अध्यक्ष पवनराज जोशीले महोत्सवमा सातै दिन नेपाल, भारत तथा स्थानीय चर्चित कलाकार र गायकको प्रस्तुतिका साथै पहलमानी, अन्य झुला तामासा सहित मनोरञ्जनको कार्यक्रमहरू व्यवस्थापन गरिएको छ । नेपाली कलाकारहरूमा सन्दीप क्षेत्री, शिव परियार, सुगम पोखरेल, कमल खत्री, अनिल सिंह, प्रमोद खरेल, सुनिल पण्डित सहित जनकपुरधामको मिना पका अनेकन कलाकारहरू र चर्चित उद्घोषक विवेक खतिवडा समेतको उपस्थिति रहने बताइएको छ । झण्डै १ करोड खर्च हुने महोत्सवमा प्रवेश शुल्क २० रुपैयाँ र दैनिक ४ हजार सम्म दर्शक आउने अनुमान आयोजकको रहेको छ । 

    images

    महोत्सवमा जनकपुरधामका ठुला, मझौला र साना उद्योग त्यसका उत्पादनहरूको सयौँ स्टलहरू समेत राखिने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । 

    धार्मिक पर्यटनको केन्द्र जनकपुरधाममा औद्योगिक विकास, बजारको प्रवर्द्धनका लागि समेत यस्ता गतिविधिहरू आवश्यक रहेकाले आफूहरू सक्दो सहयोग गर्न लागेको महासेठले बताए । 

    पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष अम्भु प्रसाद साह, महासचिव मनोज कुमार साह, पिक्सलका स्थानीय सहजकर्ता शशांक सिंह, दीपेश यादव, शिव कुमार साह, राम सिंह, देव साह, प्रकाश कर्ण, अभिमन्यु यादव, रञ्जित यादव, सुरेन्द्र साह सहितको उपस्थिति थियो ।