शुक्रबार, भाद्र २६ गते २०८३
images

ठाडोभाका गीतका सर्जक देउबहादुरको स्मृतिमा संग्रहालय

एक्सप्रेस पाना
चैत्र ६, २०७८ आइतबार
  • 231
    SHARES
  • ठाडोभाका गीतका सर्जक देउबहादुरको स्मृतिमा संग्रहालय

    चैत ६ लमजुङ । ठाडोभाका गीतका सर्जक देउबहादुर दुराको स्मृतिमा संग्रहालय निर्माण गरिएको छ । दुराकै गाउँ मध्यनेपाल नगरपालिका-१० हाँडीखोला नास्के वर्धनमा नगरपालिकाको १८ लाख र १० लाख रुपैयाँ बराबरको श्रमदानबाट संग्रहालय बनाइएको हो ।

    images

    विसं १९४७ फागुन ८ मा जन्मेका दुरा र उनका सहयात्री पञ्चैसुब्बा गुरुङ ठाडोभाकाका सर्जक हुन् । परम्परागत घुमाउने खरको छानो भएको घरमा देउबहादुर दुरा, ठाडोभाका गीत र दुरा जातिसँग सम्बन्धित सामग्री संग्रह राखिएको छ । मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले दुराकै स्मितीमा देउबहादुर दुरा मार्ग निर्माण गरिने बताए ।न्युज कारखाना