शुक्रबार, भाद्र २६ गते २०८३
images

मोडल आर्यन कार्कीले हात पारे सर्बोत्कृष्ठ नवमोडलको अवार्ड

एक्सप्रेस पाना
चैत्र १४, २०७८ सोमबार
  • 759
    SHARES
  • मोडल आर्यन कार्कीले हात पारे सर्बोत्कृष्ठ नवमोडलको अवार्ड

    चैत १४ काठमाडौ । सिन्धुपाल्चोक जिल्ला स्थानीय घर भएका मोडल तथा सर्जक आर्यन कार्किले केहिदिन अगाडी मात्र सम्पन्न भएको ज्योति फिल्मस म्युजिक अवार्ड- (२०७८ ) बाट "बोलाइदेउ मलामि" बोलको गीत मार्फत सर्बोत्कृस्ट नव मोडल (लोक दोहोरी) को अवार्ड हात पार्न सफल भएका छन् ।

    images

    पछिल्लो समय निकै चर्चामा रहेका कार्कीले छोटो समयमा नै यति धेरै सफलता पाउन सफल भएका हुन् । उनले यस गीत भन्दा अगाडी पछाडी पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।

    अवार्ड हात पार्न सफल भएपछी मोडल आर्यनले आफ्नो जन्मदाता आमा - बुवा प्रति शिर निहुर्याएका छन् । बिशेष गरि यस क्षेत्रमा साथ सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गरेका छ्न् । त्यसैगरी यस गितका संगीत संयोगक नारायण दङ्गाल, गायक संगम थापा, दिनेश श्रेष्ठ, गायिका हिरा मगर, मोडेल अनु पराजुली, निर्देशक मिलन श्रेष्ठ लगाएतलाई पनि आफ्नो सांगीतिक यात्रामा साथ उपलब्ध गराइदिनु भएकोमा धन्यबाद ब्यक्त गरेका छन् ।

    images

    यस अवार्डले आगामी दीनम अझै शसक्तताका साथ सांगीतिक क्षेत्रमा लागेर अगाडी बढ्न प्रेरणा मिलेको आर्यन बताउँछन् साथै अवार्ड आयोजकले "बोलाइदेउ मलामी" बोलको गीतलाई र आफुलाइ अवार्ड प्रदान गर्न योग्य ठानेकोमा पनि कृतज्ञता ब्यक्त गरेका छन् । उनले चिलाउने डाँडागाउँ बोलको गित बाट कलाकारिता क्षेत्रमा डेब्यु गरेका हुन् । त्यस पछि लगातार एक पछि अर्को गर्दै दर्शक श्रोता माझ भिडियो हरु दिदै आइरहेका छ्न् ।

    यस्तो छ उनको अभिनय रहेको बोलाइदेउ बोलामी गीतको भिडियो :-