शुक्रबार, भाद्र २६ गते २०८३
images

१४ वर्षपछि स्क्रिन सेयर गर्दै विनय र नम्रता

एक्सप्रेस पाना
चैत्र २१, २०७८ सोमबार
  • 444
    SHARES
  • १४ वर्षपछि स्क्रिन सेयर गर्दै विनय र नम्रता

    चैत २१ काठमाडौं । नेपाली फिल्म ‘ग्रहण’ बन्ने घोषणा गरिएको छ । डेब्यु निर्देशक राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने फिल्मको सिक्किमस्थित गान्तोकमा सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख अथित्यतामा भएको कार्यक्रमबीच घोषणा गरिएको हो । 

    images

    घोषणा समारोहमा फिल्मको टाइटलसँगै कलाकारसमेत सार्वजनिक गरिएको छ । फिल्ममा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, सारुक ताम्राकार लगायतको अभिनय रहनेछ । 

    ‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले स्क्रिन सेयर गर्दैछन् । फिल्ममा हरि हुमागाईंको छायांकन, प्रविन श्रेष्ठको सम्पादन, बिशाल सापकोटाको स्क्रिप्ट र स्क्रिनले रहेको छ ।  कथा निर्देशक गुरुङ हुन् ।

    images

    थ्रीलर ड्रामा जनर रहने फिल्म रे भेन्चर्स प्राइभेट लिमिटेडको व्यानरमा निर्माण हुनेछ ।